अमेरिकाबाटै रुजनको नयाँ गीत चञ्चले आँखा... रिलिज

केन्टकी (अमेरिका), २० सेप्टेम्बर
नव गायक रुजन सिवाकोटीले आफ्नो स्वरमा नयाँ गीत ‘चञ्चले आँखा...’को भिडियो अमेरिकाबाटै रिलिज गरेका छन् । अमेरिकाको भर्जिनियामा रहेर स्थानीय कार्यक्रममा गीत गाउँदै आएका झापा (नेपाल)का गायक रुजनलाई यो गीतमा युगल स्वरमा गायिका मेलिना राईले साथ दिएकी छिन् । गीत माधुर्य बनेको छ । यो गीत अमेरिकाको बाल्टिमोरमा रहेको संगीतकर्मी राजु लामाको आरएल डिजिटल रेकर्डिङ स्टुडियोमा रुजनले रेकर्ड गरेका हुन् ।
यो गीतमा रुजनसँगै गायिका मेलिना राईले युगर स्वर छ । डीपी खनालले लेखेको यो गीतमा देवेन्द्र बरालले संगीत गरेका हुन् । गीतमा विषम आचार्यको संगीत संयोजन, कुमार केसीको मिक्सिङ रहेको छ ।सुनिल क्षत्री र नायिका केकी अधिकारीले अभिनय गरेको यो गीतको भिडियो रुजनले आफ्नो अफिसियल युट्युब च्यानलबाट रिलिज गरेका छन् ।
यो गीतको भिडियोमा निकै रमाईलो बनेको छ । भिडियोका निर्देशक सुनिल क्षेत्र र नायिका केकी अधिकारीको नृत्य आकर्षक छ । गीतको भिडियोमा निकै बनेको राम्रो छ । भिडियोको निर्देशन पनि सुनिलले नै गरेका हुन् । विभिन्न सुन्दर दृष्यलाई उनले भिडियोमा कैद गरेका छन् । गीत जस्तै भिडियो पनि नृत्य प्रधान बनेको छ । यो गीतको भिडियोलाई दर्शकले मन पराएकोमा रुजनले खुसी व्यक्त गरेका छन् ।
चञ्चले आँखा... गीतको भिडियोमा अबी वाग्लेको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन, अमृत चापागाईँको सम्पादन र रंग संयोजन छ ।