बराहक्षेत्र नगरपालिका विकास बजेट पारदर्शिता सम्बन्धी प्रश्नहरू |
1. तपाईंको विचारमा नगरपालिका/गाउँपालिकाले विकासको लागि छुट्याइएको सम्पूर्ण बजेट र खर्चहरू जनसमक्ष पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्छ कि हुँदैन?
नगरपालिकाले सडक, विद्यालय, खानेपानी, आदि विकास योजनामा खर्च गरेको रकम जनतालाई पूर्णरूपमा देखाउनु पर्छ वा पर्दैन भन्ने बुझ्न यो प्रश्न हो।
2. प्रत्येक वडामा भएका विकास खर्चहरू वडास्तरमै सार्वजनिक गरिनुपर्छ कि हुँदैन?
विकास योजनाहरू वडास्तरमा सञ्चालन हुने भएकाले खर्च विवरण वडामा नै जनतालाई जानकारी गराइनुपर्छ कि छैन भन्ने प्रश्न हो।
3. विकास खर्चको विवरण सार्वजनिक सूचनापाटी (Notice Board) मा राखिनुपर्छ कि हुँदैन?
स्थानीय तहको कार्यालय वा वडामा राखिने सूचनापाटी सबैका लागि सहज पहुँच हुने माध्यम हो। त्यो प्रयोग गरिनुपर्छ भन्ने हो कि होइन भन्ने कुरा बुझ्न।
4. सामाजिक सञ्जाल (जस्तै: Facebook) मा खर्च विवरण नियमित रूपमा राखिनुपर्छ कि हुँदैन?
अधिकांश नागरिक सामाजिक सञ्जाल प्रयोग गर्छन्, त्यसैले बजेट खर्च त्यहीँ देखाउनुपर्छ कि पर्दैन भन्ने विषयमा धारणा लिने प्रश्न हो।
5. बजेट खर्च हरेक महिना वा तेस्रो महिनामा प्रकाशित गर्नुपर्छ कि हुँदैन?
📘 विकास योजनामा कति खर्च भयो भन्ने विवरण समयमै जनतालाई जानकारी गराउने कुरा हो।
6. QR कोडमार्फत खर्च विवरण हेर्न मिल्ने व्यवस्था गर्नुपर्छ कि हुँदैन?
प्रत्येक योजनास्थलमा QR कोड राखेर नागरिकले मोबाइलबाट योजना विवरण र खर्च हेर्न सक्ने व्यवस्था सहि हो कि होइन भन्ने बुझ्न।
7. बजेट पारदर्शी हुँदा भ्रष्टाचार घट्छ भन्ने तपाईंलाई लाग्छ?
खर्चहरू जनतासामु राख्दा गलत प्रयोग रोक्न सकिने हो कि होइन भन्ने बुझ्न।
8. प्रत्येक योजना सम्पन्न भएपछि खर्च विवरण सार्वजनिक गरिनुपर्छ कि हुँदैन?
काम सकेपछि त्यो काममा कति खर्च भयो भन्ने जानकारी जनतालाई दिइनुपर्छ कि हुँदैन भन्ने सवाल।
9. विकास बजेटको निगरानी गर्न नागरिक स्वयंसेवक टोली बनाइनुपर्छ कि हुँदैन?
जनताले योजना अनुगमन गर्न सक्ने टोली बनाई पारदर्शिता बढाउनु उपयुक्त हो कि होइन भन्ने बुझ्न।
10. खर्च विवरणमा योजना, लागत, काम गर्ने संस्था, जिम्मेवार निकाय जस्ता विवरण खुलाउनुपर्छ कि हुँदैन?
पूर्ण जानकारीमा मात्र पारदर्शिता हुन्छ भन्ने मान्यता अनुसार, खर्चको सम्पूर्ण पक्ष खुलाउनुपर्ने हो कि होइन भन्ने कुरा बुझ्न।
11. मोबाइल एपमा बजेट खर्च विवरण उपलब्ध गराउनु पर्छ कि पर्दैन?
स्मार्टफोन प्रयोगकर्ता नागरिकहरूलाई सहज पहुँचका लागि मोबाइल एप प्रभावकारी हुने कुरा के हो भन्ने सोध्ने प्रश्न।
12. बजेट खर्चमा कुनै परिवर्तन भए जनतालाई जानकारी दिनुपर्छ कि हुँदैन?
पहिले पास भएको बजेटमा हेरफेर गर्दा सोको जानकारी जनतासामु राख्नुपर्छ कि पर्दैन भन्ने बुझ्न।
13. पारदर्शिताले जनप्रतिनिधिप्रति जनविश्वास बढाउँछ कि बढाउँदैन?
खुला सूचना प्रणालीले कत्तिको विश्वास निर्माण गर्छ भन्ने बुझ्न।
14. तपाईं स्वेच्छिक रूपमा बजेट निगरानी समितिमा सामेल हुन इच्छुक हुनुहुन्छ?
जनसहभागिता कत्तिको सक्रिय छ भन्ने बुझ्नको लागि स्वेच्छिक भूमिका लिने चाहना के छ भन्ने बुझ्न।