‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली २०२५’ को पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन यहि १० गते हुने

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली २०२५’ को पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन यहि १० गते हुने

इटहरी/ ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली २०२५’ मोरङ्गमा आयोजना हुने भएको छ । बालबालिकाको सौन्दर्य तथा वैद्धिक प्रतियोगिता यसअघि सुनसरीमा आयोजना भएको थियो । ओपन स्पेस प्रालीको आयोजनामा मोरङ्गमा हुने यो प्रतियगिताको पहिलो अडिसन सम्पन्न भएको छ ।



अडिसनमा ५० जनाको सहभागिता रहेको आयोजक संस्थाका सिइओ सजिना श्रेष्ठले जानकारी गराईन् । सुन्दरहरैंचा मोरङको विराटचोक अवस्थित प्लानेट लाउन्जमा शनिवार आयोजना भएको अडिसनको निर्णायकको रुपमा डान्स कोरियोग्राफर मानिस गिरी, मिस एसईई इटहरीकी अर्गनाइजर च्वाइस संस्कृति दाहाल र मिडीया पर्सन शुभेक्षा कार्कीले रहेकी थिइन् ।

अब अर्को अन्तिम अडिसन यही १० गते हुने बताईएको छ । अडिसनको ८ देखि १४ उमेर समूहका बालबालिकाले सहभागी हुन पाउने व्यवस्था मिलाईएको छ । अडिसन पश्चात छानिएका बालबालिकाहरुलाई प्रशिक्षकहरुले र्याम्प वाल्क, व्यक्तित्व विकास, बोल्ने शैली, स्वीमिङ, प्रश्नोत्तर क्षमता र योगाको प्रशिक्षण तालिम अवधिमा दिइनेछ ।