गोल्ड मेडलिष्ट तथा सेलीब्रेटी ज्योतिषी युवा ज्योतिष नवराज भट्ट इटहरी आउने

गोल्ड मेडलिष्ट तथा सेलीब्रेटी ज्योतिषी  युवा ज्योतिष नवराज भट्ट  इटहरी आउने

ज्योतिष शास्त्रमा भारतबाट गोल्ड मेडलिष्ट तथा सेलीब्रेटी ज्योतिषी भनेर समेत चिनिएका लोकप्रिय युवा ज्योतिष नवराज भट्ट (भट्ट गुरु) इटहरी आउने भएका छन् । इटहरी बासीको निमन्त्रणामा चिना तथा भाग्य फल एवम् वास्तु परामर्शका लागि उनी इटहरी आउन लागेका हुन । आफ्नो टिमसहित इटहरी आउन लागेका भट्टलाई यही भाद्र २१ गते प्रत्यक्ष भेट्न तथा ज्याेतिषिय परामर्श लिन सक्ने जनाइएको छ ।

 उनले अग्रिम बुकिङ गरेका ग्रहाकहरुको चिना हेर्ने तथा परामर्श दिने कार्यक्रम तय भएको बत्ताइएको छ भने अन्यले समेत समय लिएर चिना र वास्तुसँग सम्बन्धित जिज्ञासाहरू राख्न सक्नेछन् । अग्रिम बुकिङ्गको लागि ९७६८७२१३१७, ९८५१२६२६४२ मा सम्पर्क गर्न सकिने बताइएकाे छ । “योङ एस्टोलोजर अफ द एयर” अवार्डप्राप्त गरिसकेका युवा ज्योतिष भट्ट ज्याेतिष शास्त्रमा भारतबाट गोल्ड मेडलिष्ट समेत हुन् ।

उनले पछिल्लो समय नेपाली चलचित्रहरूको साइत, कलर हेर्नेदेखि लिएर डेस्टिनेसन समेत तय गर्ने गर्दछन् । उनले मिलन चान्स निर्देशित फिल्म अन्जिलाको शुभ साइतदेखि लिएर सम्पूर्ण छायाङ्कनको अवधिभर विभिन्न ज्योतिषीय परामर्श दिएका थिए । उक्त चलचित्रलाई दर्शकहरूले माया र साथ समेत दिएका थिए । पछिल्लो समयकाे चर्चित तथा सफल मिलन चान्स निर्देशित चलचित्र अन्जिला तथा कलकार पल शाह अभिनीत चलचित्र मोहर को समेत ज्याेतिषीय परामर्श गरेका उनले नेपालका सामान्य मानिसदेखि कलाकार, व्यापारी, राजनीतिक व्यक्तित्व एवम् थुप्रै सेलिब्रेटिहरू लाई ज्याेतीषिय परामर्श दिइसकेका छन ।चलचित्र निर्देशक मिलन चान्स, नायक सविन श्रेष्ठ, हास्य कलाकारहरू कुमार कट्टेल ‘जिग्री’ अर्जुन घिमिरे ‘पाँडे बुढा’, हरिश निरौला ‘कक्रोच’, पवन खतिवडा 'म्याकुरी' लगायत दर्जनाै कलाकारहरूले ज्योतिषी परामर्श लिई सकेका छन्।

धेरैजसो कलाकारहरु, राजनीतिज्ञ, व्यवसायी एवम् समाजका हरेक तह तप्काका व्यक्तित्वहरू भट्ट गुरुकोमा आफ्नो भाग्य तथा ज्याेतिषिय परामर्शका लागि पुग्ने गरेका छन् । ज्योतिष भट्ट गुरुले विगत पाँच वर्षदेखि ज्योतिषी पेसामा लागेर थुप्रै अवार्डहरू समेत प्राप्त गरिसकेका छन् । भाग्यरेखामा देखिएका समस्यालाई समाधानको बाटो देखाइदिने काम समेत गर्दै आएका भट्ट गुरुले योङ एस्टोलोजर अफ द एयर अवार्ड, ‘मन्दाकिनी अवार्ड’, ज्योतिषरत्न अवार्ड, पशुपतिनाथ अवार्ड लगायतका दर्जनौँ अवार्ड तथा सम्मान प्राप्त गरेका छन् भने भारतमा भएको ज्योतिषी सम्मेलनमा गोल्डमेडल तथा ‘स्काव्सा इन्टरनेशनल एस्ट्रोलोजिकल एक्सलेन्स अवार्ड २०२४’ समेत प्राप्त गरेका छन् ।