प्रेम, पीडा र सम्बन्धको कथा बोकेको ‘कोशेढुंगा’को मन छुने ट्रेलर सार्वजनिक

ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारंगी’ निर्देशन गरेका सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक भएको छ । तीजको अवसर पारेर यो सिनेमा आगामी भदौ १२ (अगस्ट २८) मा नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ।
ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा, पारिवारिक द्वन्द्व, दाम्पत्य जीवनमा देखिने उतार–चढाव, साथै गाउँले समाजको गरिबी र अभावलाई प्रस्तुत गरिएको छ । पात्रहरूको मनोविज्ञान, कथावस्तुको उल्झन र सम्बन्धका आयामलाई प्रभावशाली रूपमा देखाउने प्रयास गरिएको छ, जसले दर्शकलाई कथासँग भावनात्मक रूपमा जोड्ने संकेत गर्दछ ।
ग्रामीण परिवेशमा छायांकन गरिएको यस सिनेमामा आर्यन सिग्देल, सुरक्षा पन्त, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मञ्जिलकुमार र सरोज खनाललगायतका कलाकारको अभिनय समावेश छ ।
निर्देशक पौडेलकै लेखन रहेको ‘कोशेढुंगा’लाई प्रबिल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन् भने दिनेश खड्का कार्यकारी निर्माता हुन् । नरेदवी फिल्म्स र सारंगी फिल्म्सले सहकार्यमा तयार पारेको सिनेमा सेभेन सिज इन्टरनेसनलमार्फत अन्तर्राष्ट्रिय बजारमा समेत रिलिज हुने भएको छ ।
भिडीयो लिंक