चलचित्र जारी २ को टिजर सार्वजनिक

असोजको ३ गतेबाट प्रदर्शन मा आउने चलचित्र जारी २ को टिजर सार्वजनिक भएको छ । टिजरले चलचित्रको कथा लिम्बू समुदायको परम्परागत लोकबाजा च्याब्रुङमा आधारित रहेको जानकारी दिन्छ । साथै टिजरमा च्याब्रुङमा नाच्न नआउने लिम्बूलाई ‘नाङ्गो पहाड’सँग तुलना गरिएको छ भने ‘च्याब्रुङ मासियो भने लिम्बू मासिन्छन् पनि भनिएको छ ।
जारी २ दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । भने ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायतको पनि अभिनय रहेको छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र मा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन,कोविद बज्रको ब्याकग्राउन्ड स्कोर छ ।
२ वर्षअघि प्रदर्शन मा आएको ‘जारी’ले उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्दै बक्स अफिसमा १७ करोड माथिको ग्रस कलेक्शन गरेको थियो ।