एक्सनले भरिएको ‘बलिदान’को ट्रेलर सर्वजनिक

यो वर्षको दशैंको फूलपाती (१३ असोज)मा प्रदर्शनमा आउने चलचित्र ‘बलिदान’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर मा अभिनेता समिर भट्ट को भर पुर एक्सन र देशप्रेम देखाएको छ । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र मा समिर भट्ट सहित्त अर्पण थापा, सौगात मल्ल, सन्तोष सेन ,महेन्द्र बुढाथोकी , रिचा शर्मा प्रेम पुरी, कविता राय, कामेश्वर चौरासिया, जीवन बराल, प्रजल दुलाल लगायतको पनि अभिनय रहेको छ । ‘बलिदान’को निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । ‘बलिदान’को निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । आसुसेन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र मा सुजना चापागाई को संगीत रहेको छ ।