भारतीय सेन्सर बोर्डको निर्देशन कियाराको बिकिनी दृश्यमा कैंची चलाउन आग्रह

एजेन्सी । फिल्म ‘वार २’ को रिलिजअघि सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनले फिल्ममा कैँची चलाएको हो । ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी अभिनित यो फिल्मलाई बोर्डले ‘यू/ए १६+’ प्रमाणपत्र दिए पनि केही दृश्य र संवादहरूमा महत्त्वपूर्ण परिवर्तन गर्न सेन्सर बोर्डले फिल्मका निर्माताहरूलाई लगाएको हो ।
बलिउड हंगामाको रिपोर्टरका अनुसार, सेन्सर बोर्डले फिल्मका निर्माताहरूलाई अडिओ र भिडिओ दुवैमा अनुपयुक्त मानिएका ६ ठाउँका सन्दर्भहरूलाई म्युट गर्न निर्देशन दिएको थियो । निर्देशन पश्चात फिलिमका ६ ठाउँका संवादहरू पनि परिवर्तन गरिएको हो ।
फिल्मबाट दुई सेकेन्डको एक दृश्य, जसमा पात्रको इशारालाई सेन्सर बोर्डले गलत मानिएको थियो, त्यो पनि फिलिमबाट हटाइएको छ। यति मात्र नभई, ‘कामुक’ फुटेजलाई ५० प्रतिशतले घटाउन भनिएकोमा लगभग ९ सेकेन्डको कियारा आडवाणीको बिकिनी दृश्य कटौती गरि फिलिमबाट हटाइएको हो ।
’आवन जावन’ गीतमा कियारा आडवाणीको बिकिनी लुकमा कैंची चलाउन भनिएको बुझिएको छ । यस गीतमा कियाराको हट अवतार टिजर र ट्रेलरबाट नै समाचारमा आएको थियो ।
अयान मुखर्जी निर्देशित र यशराज फिल्म्सको जासूसी ब्रह्माण्डको हिस्सा रहेको यस फिल्ममा ऋतिक रोशन मेजर कबीर धालीवालको भूमिकामा छन् भने जुनियर एनटीआरले विक्रम नामक अर्का भारतीय जासूसको भूमिका निर्वाह गरेको टिजर र ट्रेलरबाट अनुमान लाउन सकिन्छ ।
यो फिल्म अगस्ट १४ मा रिलिज हुने तयारीमा छ।