‘हरिबहादुरको जुत्ता’को ट्रेलर सर्वजनिक, फूलपाती बाट सिनेमा हलमा

दीपेन्द्र के । खनालको निर्देशनमा बनेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ट्रेलर सर्वजनिक भएको छ । ‘हरिबहादुरको जुत्ता’ यही दशैंको फूलपाती (१३ असोज)बाट प्रदर्शनमा आउन लागेको चलचित्र हो । यस चलचित्र मा अभिनेता हरिवंश आचार्य आफ्नो चर्चित पात्र हरिबहादुरको भूमिकामा छन् ।
चलचित्र मा हरिवंश आचार्य को साथ मा स्वस्तिमा खड्का हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल लगायतको पनि अभिनय रहेको छ । सरोज ओली र मोहितवंश आचार्यको संयुक्त निर्माण रहेको चलचित्रमा कृष्ण बहादुर थापाको छायांकन तथा नहकुल खड्काको सम्पादन छ ।