‘मैझारो’ मा ‘साकेला नाचौँ’ भन्दै दयाहाङ,मिरुना,धिरज्,दिया,विल्सन र रजनी
आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मैझारो’को ‘साकेला नाचौँ’ बोलको गीत सर्बजनिक भएको छ । गीत मा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ भने पदम साधना कुलुङको शब्द रचना तथा तोरेम्पाहाङ राईको संगीत छ ।
गीत को भिडियो मा चलचित्र का कलाकार कलाकारहरु दयाहाङ राई, दीया पुन, धीरज मगर, मिरुना मगर, विल्सन विक्रम राई, रजनी गुरुङ लगायतले साकेला नाच प्रस्तुत गरेका छन् ।
यो नाच किराँत समुदायको प्रमुख सांस्कृतिक नृत्य हो । किराँतहरूले उधौली र उभौली पर्वको समयमा साकेला नाच्ने गरेका छन् । यसलाई साकेला सिली पनि भनिन्छ ।
चलचित्र ‘मैझारो’ लाइ विल्सन विक्रम राई (तक्मे बुढा)को निर्देशन गरेका हुन । चलचित्र मा बुद्धि तामाङ,सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा लगायतको पनि अभिनय रहेको छ ।


admin@cinekura.com 









