घम्साघम्सी गर्दै दयाहाङ र विजय

घम्साघम्सी गर्दै दयाहाङ  र विजय

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ । 

सार्वजनिक भएको पहिलो पोस्टरमा चलचित्र का  दुई मुख्य अभिनेता दयाहाङ राई र विजय बरालबीच घम्साघम्सी परेको देख्न सकिन्छ । दोस्रो पोस्टरमा उनीहरुलाई सोचमग्न अवस्थामा प्रस्तुत  भएका छन  भने अभिनेत्री समृद्धि अर्याल हँसिलो मुद्रामा देखिएकी छन् ।  

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘वरिष्ठ बलराम’मा दयाहाङ, विजय र समृद्धिसहित पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी लगायतको अभिनय रहेको छ । निर्देशक पौडेल स्वयंको कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । चलचित्र  मा मनकृष्ण महर्जनको छायांकन,प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा प्रदीप लामाको नृत्य निर्देशन छ ।