चलचित्र ‘वरिष्ठ बलराम’को पहिलो गीत ‘न्याउली वनैमा’ सार्वजनिक

चलचित्र ‘वरिष्ठ बलराम’को पहिलो गीत ‘न्याउली वनैमा’ सार्वजनिक भएको छ । गीत मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटीको स्वर रहेको छ भने शब्द तथा संगीत गायक सिवाकोटी रहेको छ । गीतको भिडियोमा चलचित्र का मुख्य जोडी विजय बराल र समृद्धि अर्यालको आकर्षक नृत्य देख्न सकिन्छ ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘वरिष्ठ बलराम’मा विजय र समृद्धिसहित दयाहाङ राई, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पिके डन) लगायतको अभिनय रहेको छ । निर्देशक पौडेल स्वयंको कथा र सम्पादन रहेको चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।
भाइटीकाको दिन पारेर कात्तिक ६ गतेबाट ‘वरिष्ठ बलराम’ प्रदर्शन मा आउने छ ।