प्रकाश र परिक्षाको ‘सोल्टिनी’ कात्तिकको ६ मा आउने

यस अघी असोज ३ लाइ प्रदर्शन मिति तय गेरको चलचित्र ‘सोल्टिनी’ अब कार्तिक ६ गतेबाट प्रदर्शनमा आउने भाको छ। निर्माण टिमले चलचित्र नयाँ पोस्टरहरु सार्बजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो।
यस चलचित्रको मुख्य भूमिकामा प्रकाश सपुत र परीक्षा लिम्बु देखिदै छन्। प्रकाश र परीक्षा सहित विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतका कलाकारहरुको अभिनय छ ।
अर्जुन सुवेदीको निर्देशनमा तयार भएको ‘सोल्टिनी’ मा अर्जुन सुवेदी र कुमार भट्टराईको कथामा रहेको छ। प्लानेट थ्री फिल्मस् र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा रेजिना बिष्ट र संसार चौलागाईं निर्माताको रुपमा छन् ।
यो चलचित्र को कार्यकारी निर्माताको रुपमा हर्क साम्पाङ रिभोलुसन एन्ड टिम छ ।