सलमान खानको ‘ब्याटल अफ गलवान’ फिल्म बाट अनुपविक्रमको बलिउडमा डेब्यु

सलमान खानको  ‘ब्याटल अफ गलवान’ फिल्म  बाट अनुपविक्रमको बलिउडमा  डेब्यु

अभिनेता अनुप विक्रम शाही अहिले चर्चामा छन । चर्चामा आउनु कारण हो । बलिउड डेब्यु लाइ लिएर  हालै मात्र उन्ले सलमान खान फिल्मको ब्यानरमा  बन्दै गरेको चलचित्र   ‘ब्याटल अफ गलवान’ को  पहिलो सेड्युल  सकाएका छन । उनले यसा बारेमा आफ्नो फेसबुक मार्फत जान कारी दिएका छन ।  अनुपविक्रम शाहीको   ‘ब्याटल अफ गलवान’मा सलमान खान  सँग उनको सलमान खान सँग १३ मिनेटको ठूलो फाइट सिन पनि छ । 

 

‘ब्याटल अफ गलवान’ सन् २०२० मा लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भारतीय र चिनियाँ सैनिकबीच भएको हिंसात्मक झडपको कथामा आधारित छ, जसमा सलमान भारतीय सेनाका कर्नेल सन्तोष बाबुको भूमिकामा छन् । यो सन्तोषको बायोपिक  हो ।

‘गलवान’मा भारतीय र चिनियाँ सैनिकबीच भएका ५ अलग-अलग झडपका दृश्य छायांकन गरिएको थियो । एक्सन दृश्य शानदार र यथार्थपरक देखिने सुनिश्चित गर्न, २५० देखि ३०० सैनिक छायांकनमा संलग्न थिए ।