बलिउडका चर्चित अभिनेता चंकी पाण्डे काठमाडौं घुम्दै आखिर किन आए नेपाल ?
बलिउडका चर्चित अभिनेता चंकी पाण्डे यसै साता काठमाडौं घुमेर स्वदेश फर्किए छन् । काठमाडौंको बौद्धस्थित पाँचतारे होटल हयात रिजेन्सीमा दुई दिन बसेका उनले आइतबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरमा पूजाआजा समेत गरेका छन् । उनले त्यहाँ खिचेका केही तस्वीरहरू इन्स्टाग्राममा सेअर गर्दै लेखेका छन् , ‘साउन महिनामा पशुपतिनाथ मन्दिर दर्शन गर्न पाउँदा भाग्यमानी महसुस गरेको छु ।’
चंकीले बुधबार फेरी इन्स्टाग्राममा आफुले घुमघाम गर्दा लिएको चार नयाँ तस्वीर सेअर गर्दै नेपालको सुन्दरता र नेपालीको आतिथ्यताको बारेमा खुलेर प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘१९८९ पछि काठमाडौं घुम्दा नेपालको धेरै सुन्दर स्थलहरु , हरियाली र सबैभन्दा न्यानो यहाको आतिथ्यता पाएको उनको इन्स्टाग्राममा देखन सकिन्छ ।
चंकीका अनुसार उनको काठमाडौं भ्रमण ३६ वर्षपछिको सोझै अनुमान लाउन सकिन्छ ।
https://www.instagram.com/chunkypanday
चंकिले बलिउड सँगै एक दर्जन बढी बंगलादेशी फिल्ममा पनि काम गरेका छन् । चंकी सन् २००६ मा रिलिज भएको फिल्म ‘अपना सपना मनी मनी’मा नेपाली पात्रको भूमिकामा समेत देखिएका थिए । यही शुक्रबारबाट उनको नयाँ फिल्म ‘सन अफ सरदार २’ प्रदर्शनमा आउँदैछ । यतिबेला उनका भतिज (अहान पाण्डे)को डेब्यु फिल्म ‘सैयारा’ले भारतीय बजारमा उत्साहजनक कमाइ गरिरहेको छ ।












