महेशको अंगालोमा अञ्जना ‘परान’ को फर्स्टलुक सार्वजनिक
दीपक आचार्यले ‘काकु’ को निर्देशनमा तयार भएको चलचित्र ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।
सार्वजनिक पोस्टर मा चलचित्र दुइ मुख्या कलकार महेश त्रिपाठी र अञ्जना बराइलीलाई फिचर्ड गरिएको छ । पोस्टर मा महेशको अंगालोमा अञ्जना बराइलीलाई खुसी मुद्रामा देखिएकी छिन । पोस्टर बाट अनुमान लगाउन सकिन्छ महेश त्रिपाठी र अञ्जना बराइली यस चलचित्र मा श्रीमान श्रीमती को भूमिकामा देखिदैछन ।
‘परान’ ‘सासले हैन, साथले चल्ने’ ट्यागलाइन राखिएको चलचित्र मा महेश र अञ्जनाको साथ मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यादीप आचार्य लगायतको पनि अभिनय रहेको छ । चलचित्र ‘परान’ आगामी कात्तिक १४ गते प्रदर्शन मा आउने भएको छ ।


admin@cinekura.com 









