२४ घन्टा पनि नवित्दै ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ युट्युबबाट हट्यो

२४ घन्टा पनि नवित्दै ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ युट्युबबाट हट्यो

रिलिजको २४ घन्टा पनि नवित्दै ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ युट्युबबाट  हटाइएको छ ।
गीतमा प्राविधिक समस्या देखिएपछि युट्युबबाट हटाइएको हो । अब गीत को नयाँ भर्सन मा पुन रिलिज हुने छ । 

युट्युबबाट  गीत  हटे पछी नायक अनमोल केसीले सामाजिक सञ्जालमार्फत दर्शकसँग माफी मागेका छन् । उनले लेखेका छन्, ‘सबैसँग माफी माग्छु । प्राविधिक समस्याका कारण हाम्रो नयाँ गीत हटाउनुपर्‍यो । तर, चिन्ता नगर्नुस्, हामी चाँडै नयाँ संस्करण लिएर आउनेछौं ।’  

 निर्देशक सुयोग गुरुङ को निर्देशनमा तयार  भएको    ‘जेरी अन टप’ यही असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो । ‘जेरी अन टप’ मा अनमोल केसी सहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी, उषा खड्गी लगायतको पनि अभिनय रहेको छ भने सुरक्षा पन्तले विशेष भूमिका निभाएकी छन् । सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो चलचित्र को निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् ।