आयो ‘जेरी अन टप’ को टिजर

आउदो असोज ३१ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘जेरी अन टप’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बुझ्न सकिन्छ ।
यस अघी ‘फर्की फर्की’का निर्देशक गरेका सुयोग गुरुङको निर्देशनमा बनेको ‘जेरी अन टप’ मा अनमोल, आँचल र जसितासहित भुवन केसी, केदार घिमिरे (माग्ने बुढा), सुरक्षा पन्त, उषा खड्की लगायतको अभिनय छ । अनन्या फिल्म्सको ब्यानरमा सरोज न्यौपानेले फिल्मको निर्माण गरेका हुन् ।
चलचित्र ‘जेरी अन टपमा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विस्वास तिम्सिनाको पटकथा, हेमराज बिसीको कथा तथा दुलिप रेग्मीको छायांकन रहेको छ ।