‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक द्रुरा निर्देसिक फिलिम ‘कोशेढुंगा’ ५१ दिनमा प्याकअप

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक द्रुरा निर्देसिक फिलिम ‘कोशेढुंगा’ ५१ दिनमा प्याकअप

सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले आफ्नो नयाँ फिल्म ‘कोशेढुंगा’को छायांकन  ५१ दिनमा प्याकअप  गरेका छन् । उत्त फिलिमको एउटा गीतको छायांकन मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङ र मार्खुमा  गरेपछि सोमबार ५१ दिनमा फिल्म ‘प्याकअप’ भएको हो ।

गीतबाहेकको फिलिमका केही अन्य सिनहरु साताअघि नै छायांकन पूरा भइसकेको  निर्देशक पौडेलले बताएका छन्   । 

गत फागुनमा ललितपुरको च्यासलमा सेट लगाएर सुरु भएको ‘कोशेढुंगा’को छायांकन क्रमस  गण्डकी प्रदेशको स्याङ्जाको आँधीखोला त्यसै गरि  त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको थियो । तीजको अवसर पारेर यो फिल्म  आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने निश्चित भइसकेको निर्देशक पौडेलले बताएका छन्  ।

साथै यस फिलिम नेपाल सहित अन्य  ४० भन्दा धेरै देशमा एकसाथ फिल्म रिलिज हुने श्रोतले  जनाइएको छ । 


 नरदेवी फिल्मसको प्रस्तुति रहेको यस फिल्ममा   अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा रहेकी छिन  भन्ने  फिल्मको कथा उनीमै केन्द्रित रहेको जनाइएको छ । यस फिलिमलाइ  निर्देशक पौडेल स्वयंको लेखन छन  ।  अभिनेत्री सुरक्षा पन्त सहित फिल्ममा आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले लगायतको अभिनय यस फिल्ममा देख्न सकिन्छ । 


यस फिल्मको  निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग रहेका छन् भने कार्यकारी निर्माता दिनेश खड्का रहेका छन्  ।  फिल्ममा  बाबु श्रेष्ठको छायांकन र आशिष अविरल र रिदम कँडेलको संगीत रहेको छ  भने  फिल्म  ‘कोशेढुंगा’ लाई नहकुल खड्काले सम्पादन गर्नेछन् । यो फिल्म महिलाप्रधान कथावस्तुमा आधारित रहेर दर्सक माझ ल्याउने तयारी भैरहेको छ  ।