‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

इटहरी/ आउँदो भदौ ६ गतेबाट सार्वजनीक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जनै हराएको मान्छे’को एक विशेष गीतको छायांकन मंगलबार राति बुढानिलकण्ठस्थित एक ब्यांक्वेटमा भइरहेको थियो । गायक थानेश्वर गौतमले “आधाआधी सपनाहरू भैदिएन पुरा” बोलको गजल गायन दृश्य सुट गर्दै गर्दा एकदमै भावुक क्षण आयो । हार्मोनियममा बसेर गजल गाइरहेका थानेश्वर अचानक बेहोस भएर ढलेपछि सेटमा हलचल मच्चियो ।

उनको गायकीमा डुबेका दर्शक, प्राविधिक र पत्रकारहरू एकाएक आत्तिएर उनलाई स्टेजबाट झार्दै प्राथमिक उपचार थाले । पानी छर्किएर सुताइएको केहीबेरमै उनी होशमा फर्किए । होशमा आएपछि थानेश्वरले आफू गीतको भावनामा यति गहिरो रुपमा डुबिएको बताए कि मानसिक रूपमा विक्षिप्त जस्तै अवस्थामा पुगेछन् ।

सहायक निर्देशक मनीष राउतका अनुसार गायकको शरीरमा पानीको कमीका कारण यस्तो अवस्था आएको थियो । स्वास्थ्य सामान्य भएपछि छायांकन पुनः सुरु गरिएको र गीतको दृश्य पूरा गरिएको उनले जानकारी दिए । लोकप्रिय लोकगायक थानेश्वर गौतमको अभिनय रहेको फिल्म ‘जनै हराएको मान्छे’ प्रदर्शनको तयारीमा छ, जसको छायांकन सँगै प्रचारप्रसार हाल तीव्र गतिमा भइरहेको छ ।