दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

इटहरी/ सामाजिक सञ्जालमा छुट्टाछुट्टै शैलीमा चर्चित तीन अनुहार दुर्गेश थापा, सिसन बानियाँ र गुँरास नानी अब एउटै गीतमार्फत एउटै फ्रेममा देखिएका छन् । दुर्गेश थापाको युट्युब च्यानलमा बुधबार सार्वजनिक भएको गीत ‘जाने भए जाम माया’ ले चर्चाको केन्द्रमा रहेका यी तीन पात्रको सहकार्यलाई औपचारिक बनाएको छ । यो गीतको भिडियो युट्युवमा सार्वजनीक भएको १ घण्टामै युट्युब ट्रेण्डिङ को यात्रा समेत सुरु गरेको छ ।
यो समाचार तयार गर्दै गर्दा भिडियो युट्युब ट्रेण्डिङ को म्युजिक क्याटोगरिको १५ औँ स्थानमा उक्लिएको छ । यो उक्लने क्रम बढ्दो छ । गीतमा शब्द, संगीत, एरेन्ज र निर्माण दुर्गेश थापाकै रहेको छ भने स्वरमा दुर्गेशसँगै सिसन बानियाँ, अल्हाजी गेरो र लासो पेमाले पनि साथ दिएका छन् । भिडियोमा तीनै जनासँगै अन्य कलाकारहरू पनि फिचर्ड छन् । केही वर्षअघि सामाजिकबाट भाइरल भएकी गुँरास नानीको यो पहिलो म्युजिक भिडियो हो । उनलाई दुर्गेशले ५० हजार रुपैयाँ पारिश्रमिक दिई फिचर गरेका हुन् । हेर्नुस् भिडियो ।
‘सेलिब्रेटी बन्ने सपना बोकेकी उनले सामाजिक सञ्जाल सँगै गाउँमा धेरै ट्रोल सहनुपर्यो, त्यसैले हामीले साथ दिइरहेका हौं,’ दुर्गेशले भने । सिसन बानियाँका लागि पनि यो गीत गायनको हिसाबले नयाँ अनुभव हो । सामाजिक सञ्जालका लोकप्रिय भ्लगर सिसनले यसअघि अभिनयमा त सक्रिय थिए, तर यो गीतमा उनले स्वरसमेत दिएका छन् ।
सार्वजनीक गीतको भिडियो हरी हुमागाईं तथा उनको टिमले खिचेको हो भने मिलन विश्वकर्मा ले सम्पादन गरेका हुन् । भिडियोलाई शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । गीत सार्वजनिक हुनुअघि नै दुर्गेश र सिसनसँग गुँरास नानीको सहकार्यको खबरपछि सकारात्मक चर्चा सँगै ट्रोल समेत भएको थियो । तर यो बहसबीच पनि ‘जाने भए जाम माया’ले दर्शकमाझ चासो जगाउन सफल भएको छ । गीतको कोरियोग्राफी, लुक्स र प्रस्तुति अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ ।