गायिका रानी निरौलाको नयाँ गीत चोली ढाकाको रिलिज

गायिका रानी निरौलाको नयाँ गीत चोली ढाकाको रिलिज

काठमाडौँ, ३ साउन
पूर्वेली गीत गायनमा आफ्नो फरक परिचय बनाएकी गायिका हुन रानु निरौला । रानुले यति बेला आफ्नो स्वरमा लोक दोहोरी गीत चोली ढाकाको...दर्शकमाझ ल्याएकी छिन् । रानुको चोली ढाकाको गीत कर्णप्रिय बनेको छ । यो गीतको भिडियोलाई मेला डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतमा महेश मुखिया सुनुवारको संगीत रहेको छ । पूर्वेली लोक लयमा आधारित यो गीतमा रानु निरौलालाई पुरुष स्वरमा महेश मुखिया सुनुवारले साथ दिएका छन् ।


यो गीतलाई सहदेब कालीकोटेले लेखेका हुन् । गीतलाई आदेश आदेश गुर्मछानले संगीत संयोजन गरेका हुन् । सुवास कुथुमी राईको रेकर्डिस्ट, मिक्सिङ र मास्टरिङ रहेको यो गीतलाई मेला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
यो गीतको भिडियोमा विजय पुन र रमाला लिम्बुको शीर्ष मोडलिङ रहेको छ । म्युजिक भिडियोलाई गीत जस्तै नृत्य प्रधान बनाइएको छ ।
सूर्य ओलीले निर्माण नियन्त्रण गरेको यो गीतको भिडियोमा महेश महराको छायांकन, साइमन राजवंशीको कोरियोग्राफर, समीर राईको भिडियो निर्माण व्यवस्थापन, अर्जुन खड्काको सम्पादन तथा रंग संयोजन रहेको छ । यो गीतको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।