इन्दिरा जोशी र रामकृष्ण ढकालको स्वरमा नयाँ डान्स नम्बर ‘सेन्सेशन्’ सार्वजनिक
नेपाली सांगीतिक क्षेत्रमा नयाँपन खोज्ने दर्शक तथा श्रोतालाई लक्षित गर्दै नयाँ डान्स नम्बर ‘सेन्सेशन्’ सार्वजनिक गरिएको छ। ट्रिपल ए प्रोडक्सन हाउसको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको यो गीतले सार्वजनिक भएसँगै संगीतप्रेमीमाझ चर्चा बटुल्न थालेको छ।
गीतको मुख्य आकर्षण गायिका इन्दिरा जोशी र गायक रामकृष्ण ढकालको सहकार्य हो। फरक शैली र गायन पहिचान बनाएका यी दुई कलाकारको स्वरले गीतलाई विशेष बनाएको छ। गीतमा मनोज खड्काको शब्द, कल्याण सिंहको संगीत तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ, जसले गीतलाई आधुनिक र ऊर्जाशील स्वाद दिएको छ।
गीतको भिडियो पनि उत्तिकै आकर्षक ढंगले तयार पारिएको छ। भिडियोमा चर्चित डान्सर आश्मा विश्वकर्मा र रोशन विश्वकर्माको जोडी फिचर्ड छ। दुवैको नृत्य र अभिनयले गीतको भावलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। भिडियोको निर्देशन रोशन विश्वकर्माले स्वयं गरेका हुन् भने कोरियोग्राफी सुनिता पोखरेलले गरेकी छन्।
यसैगरी, भिडियोको छायांकन उत्सव दाहाल र उनको टिमले गरेका हुन्। सम्पादन तथा रङ्ग संयोजन डिन्सन शाहले गरेका छन्, जसले भिडियोलाई अझ आकर्षक र जीवन्त बनाएको छ।
निर्माण पक्षले ‘सेन्सेशन्’लाई दर्शक तथा श्रोतामाझ फरक शैलीको सांगीतिक मनोरञ्जन दिने उद्देश्यका साथ सार्वजनिक गरिएको जनाएको छ। उत्कृष्ट गायन, सशक्त संगीत र आकर्षक दृश्य प्रस्तुतिका कारण गीतले नेपाली संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाउने र सांगीतिक बजारमा राम्रो स्थान बनाउन सफल हुने विश्वास निर्माण पक्षको छ।


Tulac








