चलचित्र 'कुम्भ' आधिकारिक पोस्टरले दर्शकमाझ जगायो कौतुहलता ,जेठ १५ गतेबाट प्रदर्शनमा आउने

चलचित्र 'कुम्भ' आधिकारिक पोस्टरले दर्शकमाझ जगायो कौतुहलता  ,जेठ १५ गतेबाट प्रदर्शनमा आउने

ए. रस प्रोडक्सन र रा डिजिटल नेपालको संयुक्त प्रस्तुतिमा निर्माण भएको प्रतिक्षित नेपाली चलचित्र 'कुम्भ' (Kumbha: The Reign of Power) आगामी जेठ १५ गते (मे २९) देखि देशभरका सिनेमाघरहरूमा प्रदर्शनमा आउने भएको छ। लेखन तथा निर्देशन रन्धीर श्रेष्ठको रहेको यस चलचित्रको हालै सार्वजनिक गरिएको आधिकारिक पोस्टरले दर्शकमाझ निकै कौतुहलता जगाएको छ।

रन्धीर श्रेष्ठ र राजेश शाह निर्माता तथा ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता रहेको यस चलचित्रको पोस्टरमा मुख्य कलाकारहरूको गम्भीर र संघर्षपूर्ण लुक्सलाई प्रस्तुत गरिएको छ, जहाँ अभिनेताको अनुहारमा चोट र रगतका दागहरू देखिन्छन्। पोस्टरको मध्य भागमा रहेका अन्य पात्रहरूको रहस्यमयी भावभङ्गी र तल्लो भागमा नदी किनारमा ढालसहित देखिने एक्सन दृश्यले चलचित्र ठूलो क्यानभासको सामाजिक वा राजनीतिक शक्ति संघर्षको कथामा आधारित थ्रिलर ड्रामा भएको संकेत गर्दछ।

नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन हुने यस चलचित्रमा अशोक आर्यन ,सृष्टि खड्का सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, अफ्सना थापा, वसन्त भट्टराई, आरजे सापकोटा, विजय यादव, महेन्द्र मैनाली, भोला शाह, सुरेन्द्र ठाकुर, आनन्द चतुर्वेदी लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।