काठमाडौं । अभिनेत्री तथा पूर्व मिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्का विवाहपछि अमेरिकामा बसोबास गरिरहेकी छन्। गत ८ वैशाखमा आश्वासन जोशीसँग वैवाहिक बन्धनमा बाँधिएकी शुभेच्छा हाल न्यूयोर्कमा रहेकी छन्।
यसबीच, नेपाली समयअनुसार गएराति शुभेच्छा र आश्वासन फिफा विश्वकप फुटबलको खेल प्रत्यक्ष हेर्न रंगशाला पुगेका छन्। उनीहरू अमेरिकाको न्यूजर्सीस्थित स्टेडियममा आयोजित नर्वे र सेनेगलबीचको प्रतिस्पर्धा हेर्न पुगेका हुन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूमा दुवै जना विश्वकपको माहोलमा रमाइरहेको देखिन्छ। विवाहपछि अमेरिकामा नयाँ जीवन सुरु गरेका यो चर्चित दम्पतीले खेलकुदप्रतिको रुचि पनि दर्शकसामु प्रस्तुत गरेका छन्।
मोडलिङ र अभिनयमार्फत लोकप्रियता कमाएकी शुभेच्छा पछिल्लो समय वैवाहिक जीवनका कारण चर्चामा रहँदै आएकी छन्। अमेरिकामा बसाइँ सरिसकेपछि पनि उनी सामाजिक सञ्जालमार्फत आफ्ना गतिविधि र जीवनशैलीका झलकहरू प्रशंसकमाझ साझा गरिरहेकी छन्।