‘बाः एक योद्धा’को पोस्टर सार्वजनिक, सन्तानका लागि बाबुले गर्ने संघर्षको मार्मिक कथा पर्दामा

‘बाः एक योद्धा’को पोस्टर सार्वजनिक, सन्तानका लागि बाबुले गर्ने संघर्षको मार्मिक कथा पर्दामा
‘बाः एक योद्धा’को पोस्टर सार्वजनिक, सन्तानका लागि बाबुले गर्ने संघर्षको मार्मिक कथा पर्दामा

काठमाडौं । नेपाली समाजमा एक पिताले सन्तानको भविष्य उज्ज्वल बनाउन जीवनभर गर्ने त्याग, संघर्ष र जिम्मेवारीको कथामा आधारित फिल्म ‘बाः एक योद्धा’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर आगामी भदौ १९ गते प्रदर्शनमा आउन लागेको फिल्मले सामान्य नेपाली परिवारको यथार्थ चित्रण गर्ने संकेत दिएको छ।

सार्वजनिक पोस्टरमा अभिनेता दिब्य देव ‘बा’ को भूमिकामा गम्भीर र तनावपूर्ण मुद्रामा देखिएका छन्। छोरीको भूमिकामा रहेकी सुहाना थापा र पत्नीको भूमिकामा झरना थापाको उपस्थितिले परिवारको भावनात्मक सम्बन्ध र संघर्षलाई उजागर गरेको छ। पोस्टरमा देखिएको जग्गाधनी पुर्जा, ऋणको संकेत, विदेशतर्फ उडिरहेको विमान र परिवारका सदस्यहरूको भावभङ्गीले सन्तानको सपना पूरा गर्न बाबुले भोग्ने कठिनाइ र त्यागको कथा झल्काउँछ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दिब्य देव, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकीको अभिनय रहेको छ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मले हरेक नेपाली परिवारले भोगेको वा महसुस गरेको बाबुको संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।