सर्वोच्चबाट पनि रोकिएन ‘लालीबजार’ : प्रदर्शनमा कानुनी अवरोध हट्यो
फिल्म ‘लालीबजार’ को प्रदर्शनलाई रोक्ने माग लिएर सर्वोच्च अदालत पुगेको मुद्दामा अन्तरिम आदेश नआएपछि फिल्मका लागि कानुनी बाटो थप सहज बनेको छ । सर्वोच्च अदालतले निवेदक रोशनी नेपालीको मागअनुसार तत्काल फिल्मको प्रदर्शन रोक्ने कुनै आदेश जारी नगरेको हो ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यसअघि उच्च अदालत पाटनले दिएको आदेशलाई नै सदर गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले अन्तिम आदेशमा “कानून बमोजिम गर्नु तथा ध्यानाकर्षण गरिएको” उल्लेख गर्दै मुद्दालाई अगाडि बढाएको छ । तर, तत्काल फिल्म प्रदर्शन रोक्ने आधार नदेखिएको निष्कर्षसँगै ‘लालीबजार’को प्रदर्शनमा कुनै कानुनी अवरोध नरहेको देखिएको छ ।
यसअघि उच्च अदालत पाटनले पनि फिल्मको पक्षमा फैसला दिँदै प्रदर्शन रोक्ने माग अस्वीकार गरेको थियो । सो निर्णयपछि नै फिल्म देशभर प्रदर्शनमा आएको थियो । फिल्मका निर्माता म्याक्स दिपेश खत्रीका अनुसार सर्वोच्च अदालतले समेत अन्तरिम आदेश नदिएपछि फिल्म प्रदर्शन निरन्तर हुने बाटो खुला भएको हो ।


Tulac 






