पूर्णबहादुरको सारङ्गी’ टिम फेरि एकसाथ, ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा प्रदर्शन हुने

पूर्णबहादुरको सारङ्गी’ टिम फेरि एकसाथ, ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा प्रदर्शन हुने
पूर्णबहादुरको सारङ्गी’ टिम फेरि एकसाथ, ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा प्रदर्शन हुने

काठमाडौं । नेपाली फिल्म इतिहासकै सर्वाधिक कमाइ गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को सफल टिम फेरि नयाँ परियोजनासहित दर्शकमाझ आउने भएको छ । निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने तय भएको छ ।

निर्माण पक्षले पोस्ट–प्रोडक्सनका कामलाई पर्याप्त समय दिन र उपयुक्त प्रदर्शन मिति छनोट गर्न मंसिर ४ लाई रिलिज डेटका रूपमा तय गरेको जनाएको छ । निर्देशक पौडेलले वितरक तथा सरोकारवालासँगको परामर्शपछि सबैका लागि अनुकूल हुने समय रोजिएको बताए ।

हाल छायांकनको चरणमा रहेको फिल्मको काम पर्वतको आर्थर डाँडाखर्कबाट सुरु भए पनि मुख्य अभिनेता विजय बरालको हात भाँचिएपछि केही समयका लागि रोकिएको छ । अब बाँकी छायांकन असार १५ पछि पुनः सुरु गरिने निर्माण पक्षले जनाएको छ ।

‘पूर्णबहादुरको सारङ्गी’मा दर्शकको मन जितेका विजय बराल र अञ्जना बराइली ‘सिन्दुरे जात्रा’मार्फत निर्देशक पौडेलसँग दोस्रो पटक सहकार्य गर्दैछन् । सफल टिमको पुनर्मिलनले फिल्मप्रति दर्शकको उत्सुकता बढाएको छ ।

फिल्ममा विजय र अञ्जनासँगै विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा र पूर्व मिस नेपाल उषा खड्गीको पनि अभिनय रहनेछ ।