पोस्टरसँगै सार्वजनिक भयो ‘स्त्री’को प्रदर्शन मिति, ११ मंसिरदेखि हलमा

पोस्टरसँगै सार्वजनिक भयो ‘स्त्री’को प्रदर्शन मिति, ११ मंसिरदेखि हलमा
पोस्टरसँगै सार्वजनिक भयो ‘स्त्री’को प्रदर्शन मिति, ११ मंसिरदेखि हलमा

काठमाडौं । रहस्य र कौतुहलले भरिएको नेपाली फिल्म ‘स्त्री’ आगामी ११ मंसिरदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण सम्पन्न भएसँगै निर्माण पक्षले बुधबार फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

निर्माता समीर राई को निर्माण तथा जीवन शाही को निर्देशनमा तयार भएको फिल्मको पोस्टरमा कलाकारहरू फरक–फरक चरित्र र भावभंगिमामा देखिएका छन् । पोस्टरको पृष्ठभूमिमा प्रयोग गरिएको रातो रङले फिल्मको कथावस्तु रहस्यपूर्ण र रोमाञ्चक रहेको संकेत गर्छ ।

फिल्ममा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेतदिनेश डीसी मुख्य भूमिकामा छन् । फिल्मको छायाङ्कन रामशरण उप्रेती ले गरेका छन् भने संगीत बाबुल गिरी को रहेको छ । यस्तै एक्सन निर्देशन देव महर्जन र शंकर महर्जनले गरेका छन् । सम्पादन बन्दे प्रसाद तथा पाश्र्वध्वनि एलिस कार्कीको रहेको छ ।

फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्टएफडी कम्पनी ले वितरण गर्नेछन् । निर्माण पक्षका अनुसार फरक कथावस्तु र रहस्यमय प्रस्तुतिका कारण ‘स्त्री’ यस वर्षको प्रतीक्षित नेपाली फिल्ममध्ये एक बन्ने अपेक्षा गरिएको छ ।