एकै मितिमा भिड्दै पूर्व सहयात्री सुदर्शन थापा र पूजा शर्मा, फागुन २१ मा बक्स अफिस युद्ध

एकै मितिमा भिड्दै पूर्व सहयात्री सुदर्शन थापा र पूजा शर्मा, फागुन २१ मा बक्स अफिस युद्ध
एकै मितिमा भिड्दै पूर्व सहयात्री सुदर्शन थापा र पूजा शर्मा, फागुन २१ मा बक्स अफिस युद्ध

कुनै समय नेपाली फिल्म उद्योगमा सफल निर्देशक–अभिनेत्री जोडीका रूपमा परिचित सुदर्शन थापा र पूजा शर्मा अब भने बक्स अफिसमा आमनेसामने हुने भएका छन्। लामो सहकार्यपछि अलग भएका यी दुईले आगामी फागुन २१ (महाशिवरात्रि) लाई लक्षित गर्दै आ–आफ्ना नयाँ फिल्म प्रदर्शन गर्ने तयारी गरेका हुन्।

फिल्म ‘रावायण’ निर्माणपछि आएको व्यावसायिक असफलतासँगै उनीहरूको साझेदारी टुटेको थियो। त्यसयता दुवैले छुट्टाछुट्टै यात्रा रोजेका छन्। पूजा शर्माले आफ्नै ब्यानरबाट ‘रत्यौली’ निर्माण गर्दै अभिनेता विजय बराललाई मुख्य भूमिकामा अनुबन्ध गरेकी छन् भने निर्देशक सुदर्शन थापाले ‘शुभ विवाह’ मार्फत प्रदीप खड्कालाई मुख्य अभिनेताका रूपमा प्रस्तुत गर्दैछन्।

संयोगले दुवै फिल्मको छायांकन भदौबाट सुरु हुँदैछ भने प्रदर्शन मिति पनि एउटै—फागुन २१ तय गरिएको छ। एक समय एउटै टिममा रहेर सफलता बाँडेका सुदर्शन र पूजा अब भने फरक–फरक स्टार कलाकारसहित दर्शकको रोजाइ जित्ने प्रतिस्पर्धामा उत्रिने भएका छन्।

यस भिडन्तले महाशिवरात्रिको बक्स अफिसलाई निकै रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ। अब हेर्न बाँकी छ, दर्शकको साथ ‘रत्यौली’ ले पाउँछ कि ‘शुभ विवाह’ ले।