‘चमेलीको पोइ’ को ओइ ओइ चमेली तम्रा शेरे खोइ सार्वजनीक
निर्देशक एभरेष्ट सूर्य बोहरा निर्देशीत नयाँ फिल्म ‘चमेलीको पोइ’ को शीर्ष गीत-ओइ ओइ चमेली, तिम्रा शेरे खोइ..सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरि प्रदर्शन गरिएको गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर,निर्देशक बोहराको शब्द र राजनराजको संगीत छ । कबिराज गहतराजले कोरियोग्राफी गरेको गीतमा नारायण त्रिपाठी,सुरक्षा पन्त र विल्सन विक्रम राई फिचर छन् ।
लोकआधुनीक शैलीको गीतले दर्शक,स्रोताको मन जित्नेमा आफू बिश्वस्त भएको गायक तथा संगीतकार राजनराजले सुनाए । कार्यक्रममा गीत गाएर माहौल तताएका राजनराजले नयाँ संगीत सृजना गर्नका लागि केही समय आफूले ‘बिश्राम’ लिएको तर अब पुनः संगीतमा सकृय भइसकेको बताए ।
निर्माता रामनारायण उपाध्याय र निर्मात्री सुनीता सापकोटाले ‘चमेलीको पोइ’ बाट आफूहरु निकै आशावादी भएको बताए । ‘सबै काम उत्कृष्ट भएको छ,’ निर्माता रामनारायणले भने,‘यो हाम्रो पहिलो फिल्म हो । यसपछि पनि हामी निरन्तर फिल्म बनाउने छौं ।’ उनले ‘चमेलीको पोइ’ को अमेरिकामा बिशेष शो भइरहेको र दर्शकले निकै मन पराएको जानकारी दिदै फिल्म उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको बताए ।पोस्टर सार्वजनीकसँगै चर्चामा रहेको यही फिल्मबाट करिब डेढ दशकको अन्तरालपछि चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) को पुनरागमन भएको छ । फिल्ममा त्रिपाठीका साथमा मुकुन भुसाल,सुरक्षा पन्त,विल्सन बिक्रम राई,उमेश राई,रबिन्द्र झा,गणेश गौतम,प्रेमदेव गिरी,अंशु महर्जन,बविन राई,खड्गबहादुर पुन,रजनी गुरुङ,मिना आरएल शाही,रितु मल्ल ठकुरी,तारा शर्मा,सुनीता सापकोटा,बिशाल पाण्डे,श्रेया नारायण,धनलक्ष्मी बोहरा,अनुष्का नारायणलगायतका कलाकारले अभिनय गरेका छन् ।


admin@cinekura.com 







