जितु नेपालको फिल्मको लागि कैलाश खेरले गाए गीत ,'आई एम जित बहादुर' को साबर्जनिक
चलचित्र 'आई एम जित बहादुर' (I AM JIT BAHADUR) को आधिकारिक शीर्ष गीत सार्वजनिक भएको छ, जसमा चर्चित भारतीय गायक कैलाश खेर को स्वर रहेको छ। ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा अभिनेता जितु नेपाल मुख्य भूमिकामा देखिएका छन्, जहाँ उनलाई एक शक्तिशाली र लोकप्रिय पात्रको रूपमा प्रस्तुत गरिएको छ। सुवेन्दु घोषको निर्देशनमा तयार भएको यस चलचित्रको गीतले "जित बहादुर" नामलाई एउटा ब्रान्डको रूपमा स्थापित गर्दै बच्चादेखि वृद्धसम्म सबैको मुखमा झुण्डिने लय बोकेको छ। सामाजिक विषयवस्तु र मनोरञ्जनको समिश्रण मानिएको यो चलचित्र सन् २०२६ मा प्रदर्शनमा आउने तयारीमा रहेको छ र यस गीतले चलचित्रप्रति दर्शकको उत्सुकतालाई थप बढाएको छ।


admin@cinekura.com 






