"मितज्यू" को अफिसियल ट्रेलर सार्वजनिक: दयाहाङ र सौगातको जोडी पुन: पर्दामा

"मितज्यू" को अफिसियल ट्रेलर सार्वजनिक: दयाहाङ र सौगातको जोडी पुन: पर्दामा

 प्रतिक्षित नेपाली चलचित्र "मितज्यू" को अफिसियल ट्रेलर ओएसआर डिजिटल (OSR Digital) मार्फत सार्वजनिक गरिएको छ। अनिल बुढा मगरको निर्देशनमा बनेको यस चलचित्रले दुई मितहरूको सम्बन्ध र उनीहरूको जीवनमा आउने आरोह-अवरोहलाई मार्मिक र रोचक ढंगले प्रस्तुत गरेको छ।

चलचित्रमा नेपाली सिनेमाका सुपरस्टारहरू दयाहाङ राईसौगात मल्ला मुख्य भूमिकामा देखिनेछन्। उनीहरूसँगै तेरिया फौन्जा मगरको पनि उत्कृष्ट अभिनय रहेको ट्रेलरमा देख्न सकिन्छ। ट्रेलरले ग्रामीण परिवेश, मित्रता, र पारिवारिक द्वन्द्वलाई समेटेको छ, जसले दर्शकहरूमा निकै कौतुहलता जगाएको छ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन, अनुषा राईलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।

"घरज्वाइँ" जस्ता सफल चलचित्रका निर्माताहरूको यो नयाँ प्रस्तुतिलाई लिएर सिने जगतमा निकै चर्चा छ। जनक घर्ती मगरले निर्माण गरेको यस चलचित्रमा महेश राईको लेखन र शिशिर बिसंखेको छायांकन रहेको छ।

यो चलचित्र आगामी जेठ ८ गते (मे २२) देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ।