‘मैझारो’को ट्रेलर सार्वजनिक

‘मैझारो’को ट्रेलर सार्वजनिक

कात्तिक ७ गतेबाट प्रदर्शनमा आउँने  कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मैझारो’को ट्रेलर सार्वजनिक गरिएको छ । सर्बजनिक ट्रेलर मा  अभिनेता धीरज मगर , अभिनेत्री मिरुना मगर र दिया पुन लाइ प्राथमिक्ता दिएको छ । चलचित्र को  कथा मा लिम्बू संस्कृति हेर्न  पाइने भएको छ ।  ट्रेलरको अन्तिममा  अभिनेता  दयाहाङ राई पनि देखिन्छ । चलचित्र का निर्देशक विल्सन विक्रम राई को पनि ‘मैझारो’ मा अभिनय रहेको छ । 

पुर्बी  नेपालको इलाममा चलचित्र को सम्पुर्ण छायांकन भएको हो ।  तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रमा बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, अनिल सुब्बा लगायतको पनि अभिनय रहेको छ । सौरभ लामाको छायांकन रहेको चलचित्रका निर्माताहरू डिबी राई र सरिना लामा राई हुन् ।