फिल्म ‘किस्ने कहाँ छ ?’ बन्ने

गएको जेठ यता नेपाली फिल्मको व्यापारमा शिथिलता आएको भए पनि नयाँ फिल्म निर्माणको घोषणाा उत्साहजनक रूपमा भइरहेको पाइको छ । गत बैशाखदेखि दुई दर्जन बढी फिल्मको औपचारिक रूपमा छायांकनको घोषणा भइसकेको छ भने चलचित्र विकास बोर्डमा गएको तीन महिनामा मात्र ८० बढी फिल्मले निर्माण इजाजत लिइसके जनाएको छ । यसरी हेर्दा निर्माता निर्देशकहरुको फिल्म निर्माणमा बढ्दो आकर्षण देखिएको छ ।
गएको शुक्रबार निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘किस्ने कहाँ छ ? फिलिमको निर्माण गर्ने घोषणा गरिएको छ । निर्माण पक्षले गएको शुक्रबार उत्त चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएको छ । पोस्टरमा हिलो खेत खनिरहेका एक व्यक्ति र पहाडी भेगको चिप्लो बाटोमा गुडिरहेको बोलेरो गाडी सजिलै देख्न सकिन्छ । उत्त पोस्लेटरले स्पष्ट संकेत गर्छ कि यसको कथा बस्तु ग्रामीण परिवेशमा आधारित भएर फिल्म बन्नेछ भनेर ।
ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो फिल्मको कथा, पटकथा र संवाद लेखक विनय राज पौडेलले तयार गरेको छन् | फिल्मको निर्मातामा हेमन्त बस्नेत संगै कार्यकारी निर्माता इश्वर वल्लव उप्रेती रहने श्रोतले जानकारी गराएको छ । सामाजिक, कमेडी कथावस्तुमा बन्ने यस फिल्मको कलाकारहरूको टुंगो लाग्न बाँकी रहेको कलाकार छनोट भए संगै फिल्मको छायांकन आगामी भदौपछि सुरू गरिने जनाइएको छ ।