चलचित्र ‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर सार्वजनिक

चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उनलाई नै स्थान दिइएको छ । उनी स्कूलको पोशाकमा पुस्तक र कलम हातमा लिएर खुसी मुद्रामा देखिएका छन् । 

‘कथा जिरोदेखि हिरोसम्म’को ट्यागलाइन राखिएको चलचित्र ‘मन बिनाको धन’ मा अशोकसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी लगायतको अभिनय रहेको छ । 

कात्तिक २१ गतेबाट प्रदर्शन हुन लागेको यो चलचित्रमा टंक बुढाथोकीको कथा तथा संगीत, शिवम् अधिकारीको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकी संगीत र मित्र डि. गुरुङको सम्पादन रहेको छ । बिष्णु माया मैनाली निर्माता रहेको चलचित्रमा सपना शर्मा कार्यकारी निर्मातामा छिन् ।