बन्ने भो लभस्टोरी कथामा ‘कुमारी’
चलचित्र ‘कुमारी’ बन्ने भएको छ । ‘कुमारी’ लाई दिनेश राउतले निर्देशन गर्दै छन । शुक्रबार साँझ काठमाडौंको टुँडिखेलमा एक सांगीतिक कार्यक्रमका बीच पोस्टर सार्वजनिक गर्दै यस चलचित्रको निर्माण घोषणा गरियो ।
‘कुमारी’ मा अबिसेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका देखिदै छन । अबिसेक खड्काले ‘बेहुली फ्रम मेघौली’मा अभिनय गरेका थिए भने आकृति राजभण्डारी ले सुसान्त केसीको गीत ‘बार्दली’ बोल को की मोडल हुन् ।
दिनेश राउतले ८ वर्षपछि लभस्टोरी चलचित्र निर्देशन गर्न लागेका हुन । केहि बर्ष दिनेशले सामाजिक कथामा ‘प्रसाद’, ‘पुजार सार्की’ ,महाभोज जस्ता चलचित्र निर्देशन गरेका थिए । चलचित्र ‘कुमारी’ मा ‘केहर एन्ड द लुङ्गा’ समुह्का गायक सिंह लिम्बूले पार्श्व गायनमा डेब्यु गर्दैछन् । चलचित्र घोषणा कार्यक्रममा केहर सिंह लिम्बूले चलचित्र मा समाबेश ‘कहाँ छौ’ प्रस्तुत गरेका थिए ।
विकास सुवेदीको कथा रहेको चलचित्रमा अबिसेक र आकृतिबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने लगायतको पनि अभिनय रहनेछ ।
यसै हप्तादेखि काठमाडौंमा छायांकन सुरु हुने चलचित्र लाई सुसन प्रजापति ले खिच्ने छन भने केहर सिंह लिम्बू, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संगीत तथा सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेको गीत रचना रहनेछ ।


admin@cinekura.com 









