चलचित्र ‘परान’ को टिजर सार्बजनिक

चलचित्र ‘परान’ को टिजर सार्बजनिक

दीपकप्रसाद आचार्य (काकु) को निर्देशन  मा तयार भएको चलचित्र ‘परान’ को टिजर सार्बजनिक भएको छ । 
पोएटिक शैली मा  सर्बजनिक भएको   टिजर मा कवि नवराज पराजुलीको शब्द र  आवाज रहेको छ ।

 वरिष्ठ अभिनेता निर शाहको  आइतबार परेको जन्मदिनको अवसर पारेर चलचित्र ‘परान’ को  टिजर सर्वजनिक गरिएको हो । चलचित्र ‘परान’ मा  नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ लगायतले पनि अभिनय रहेको छ । चलचित्र्मा शिवराम श्रेष्ठको डिओपी, मित्र डि गुरुङको सम्पादन तथा गगन थापा मगरको ब्याकग्राउन्ड स्कोर रहेको छ ।