चलचित्र ‘जेरी अन टप’को ट्रेलर सर्वजनिक
अनमोल केसी स्टारर चलचित्र ‘जेरी अन टप’को ट्रेलर सर्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेमकथालाई देखाएको छ । चलचित्र ‘जेरी अन टप’ लाइ सुयोग गुरुङ ले निर्देशन गरेका हुन भने चलचित्रमा अनमोल केसीका साथै आँचल शर्मा ,जसिता गुरुङ,भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गी लगायतको अभिनय रहेको छ । ट्रेलर आकर्ष क बनेको छ । दर्शक ले चलचित्र मर्फत सिने म्याटिक अनुभ ब लिन सक्छन । चलचित्र ‘जेरी अन टप’ लाइ सरोज न्यौपानेले निर्माण गरेका हुन् ।
अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा दुलिप रेग्मीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालिप्रसाद बाँस्कोटा, एसडी योगी, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विस्वास तिम्सिनाको पटकथा, हेमराज बिसीको कथा, सम्राट बस्नेत र राजु तामाङको द्वन्द्व निर्देशन तथा किरण थापाको कोरियोग्राफी रहेको छ ।


admin@cinekura.com 









