फिल्म ‘सुख-दु:ख’लाई भारतका प्रख्यात छायाँकार कबीरलाल संगै उनका छोरा शाहीद लालले छायांकन गर्ने
अभिनेत्री नीता ढुंगानाले पहिलो पटक निर्देशन गर्न लागेको फिल्म ‘सुख-दु:ख’लाई भारतका प्रख्यात छायाँकार कबीरलाल संगै उनका छोरा शाहीद लालले छायांकन गर्ने भएका छन् । ‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म ‘सुख-दु:ख’ २०८३ सालको दशैंमा प्रदर्शन गर्ने तयारी गरिएको छ । हाल केहि दिनका लागि काठमाडौंमा रहेका बाबु-छोरासँग आइतबार फिल्मकी निर्मात्री नीता ढुंगानाले कागजी सम्झौता गरेकी हुन् ।
यसअघि प्रदर्सनी भैसकेको फिल्म ‘ह्रस्व दीर्घ’लाई पनि कबीरलालले खिचेका थिए ।
कबीरलाल एक कुसल निर्देशक समेत हुन भने उनले हिन्दी ‘परदेश’, ‘ताल’, ‘कहो ना प्यार है’, ‘हम आपके दिल में रहते हैं’, ‘युवराज’, ‘यमला पगला दीवाना’, ‘हिरोपन्ती २’, ‘वेलकम ब्याक’ लगायत एक सयभन्दा बढी हिन्दी र अन्य भाषाका फिल्म छायांकन गरिसकेका छन् । उनका छोरा शाहीदले पनि कन्नड र तेलुगु भाषाका आधा दर्जन बढी फिल्म छायांकन गरिसकेका छन् ।
निर्मात्री ढुंगानाले फिल्मलाई वितरण गर्ने कम्पनी समेत फाईनल गरिसकेकी छन् । ‘सुख-दु:ख’लाई उपत्यकाबाहिर एफडी कम्पनी र काठमाडौं उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।
दुवै कम्पनीका प्रमुखसँग आइतबार नीताले कागजी सम्झौता गरे संगै फिल्मको निर्माण व्यवस्थापनको जिम्मेवारी शंकर पाण्डेलाई दिइएको छन ।
हालसम्म फिल्मका कलाकारको बारेमा भने केहि जानकारी गराइएको छैन । ‘सुख-दु:ख’ले सांस्कृतिक भावना र कथामा नयाँ आयाम थप्ने अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाको विश्वास छ ।












