दुर्गेशको ‘दुस्मन हेरेको हेर्यै’को ऐतिहासिक सफलता: ३ महिनामै ५ करोड भ्यूज
इटहरी/ नेपाली सङ्गीत क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै गायक दुर्गेश थापाको गीत ‘दुस्मन हेरेको हेर्यै’ ले युट्युबमा ५ करोड भ्यूजको आँकडा पार गरेको छ । यो सफलताप्रति कृतज्ञता व्यक्त गर्दै थापाले सामाजिक सञ्जालमा ‘तपाईँहरूको अथाह माया, साथ र समर्थनले दुस्मन हेरेको हेर्यै तीन महिनामै ५ करोड क्लबमा प्रवेश गरेको छ । यो उपलब्धि तपाईँहरूको साथको प्रतिफल हो ।’ भन्दै लेखेका छन् ।
यो गीत रिलिज भएको छोटो समय, केवल ३ महिनामै यो कोसेढुङ्गामा पुगेको हो । यतिबेला भिडियोलाई झण्डै ५२ लाख भन्दा बढी पटक हेरिएको छ । थापाले सो स्टाटसमा ‘नेपाली गीत-सङ्गीतलाई यहाँसम्म पुर्याउने श्रोता-दर्शकहरूलाई हृदयदेखि धन्यवाद ।’ भन्दै ‘भविष्यमा अझ उत्कृष्ट गीतहरू लिएर आउनेछु, माया र समर्थन यस्तै रहिरहोस्।’ भन्दै खुसी व्यक्त गरेका छन् । यो गीतमा दुर्गेश थापासँगै आनन्द कार्की, समीक्षा अधिकारी र एलिना चौहानको स्वर समावेश गरिएको छ । हेर्नुस् भिडियो ।
म्युजिक भिडियोमा प्रियंका कार्की, कविता नेपाली, पेमा लामा र सहदेव श्रेष्ठको अभिनयले दर्शकको मन जितेको छ । यो सफलताले नेपाली सङ्गीतको बढ्दो लोकप्रियतालाई उजागर गरेको छ । यतिमात्रै हैन, यो समाचार तयार गर्दैगर्दा यो गीतको भिडियो युट्युबको ग्लोबल ट्रेण्डिङ को ७१ औँ स्थानमा छ । यो क्रम निकै अघिदेखि निरन्तर छ । यस्तै भ्युजमा पनि निरन्तर उकालो लाग्ने क्रममा छ । पछिल्लो समय दुर्गेश थापालाई देश तथा विदेशका कार्यक्रममा यही गीतका कारण भ्याई नभ्याई छ । यसअघिका उनका गीतहरूले भन्दा यो गीतका कारण उनको हाइप र डिमाण्ड निकै बढेर गएको सहजै अनुमान लगाउन सकिन्छ ।












