तक्मेबुढाको डेब्यु निर्देशकीय फिल्म ‘मैझारो’मा धीरज मगर अनुबन्ध
इटहरी/ लोकप्रिय अभिनेता धीरज मगर नयाँ फिल्ममा अनुबन्ध भएका छन् । फिल्म निर्देशकको रुपमा डेब्यु गर्न लागेका गायक तथा कलाकार विल्सनविक्रम राई ‘मैझारो’ नामक फिल्ममा मगर मुख्य भूमिकाको लागि अनुबन्ध भएका हुन् । राईको आफ्नो होम प्रोडक्सन ‘तक्मे प्रोडक्सन’अन्तर्गत निर्माण हुँदै गरेको यस लभस्टोरी फिल्मको साउनदेखि सुटिङ सुरु गर्ने योजनामा छ ।
यस फिल्मको संगीत संयोजनमा अनमोल गुरुङ र तोरेम्पाहाङ राई रहेका छन् भने, सौरभ लामाको छायांकन रहने छ । इलाम र पाँचथरका रमणीय स्थलहरूमा यो फिल्मको छायांकन गरिने बताईएको छ । सहनिर्देशक तथा अन्य कलाकारहरूको टुंगो भने चाँडै गरिने निर्माण युनिटले जनाएको छ ।












