कमलादीमा ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’ सञ्चालनमा, उद्घाटन अवसरमा एक सातासम्म ५० प्रतिशत छुट

कमलादीमा ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’ सञ्चालनमा, उद्घाटन अवसरमा एक सातासम्म ५० प्रतिशत छुट
कमलादीमा ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’ सञ्चालनमा, उद्घाटन अवसरमा एक सातासम्म ५० प्रतिशत छुट

काठमाडौं । राजधानीको फेसन तथा सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्दै कमलादीस्थित कुलरत्न मार्गमा अत्याधुनिक ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’ सञ्चालनमा आएको छ। महिला र पुरुष दुवैलाई अन्तर्राष्ट्रियस्तरको सौन्दर्य तथा हेयर सेवा प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याइएको लाउन्जको आइतबार विशेष समारोहबीच औपचारिक उद्घाटन गरिएको हो।

सिटिजन्स बैंक अगाडि रहेको लाउन्जको उद्घाटन नेपाली संगीत क्षेत्रका चर्चित गायक तथा अभिनेता निमा रुम्बा र वरिष्ठ गायक एवं चलचित्र निर्माता रामकृष्ण ढकालले संयुक्त रूपमा रिबन काटेर गरेका थिए। कार्यक्रममा चर्चित मेकअप आर्टिस्ट तथा सौन्दर्य इन्फ्लुएन्सर सुस्मा कार्कीको पनि विशेष उपस्थिति रहेको थियो।

नयाँ आउटलेट सञ्चालनको अवसरमा इलोरा लाउन्जले आफ्ना ग्राहकहरूका लागि आकर्षक छुट योजना घोषणा गरेको छ। उद्घाटनको अवसर पारेर आगामी एक सातासम्म सम्पूर्ण सेवामा ५० प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्थापनले जनाएको छ।

महिला र पुरुष दुवैलाई एउटै छानामुनि गुणस्तरीय र प्रिमियम सेवा उपलब्ध गराउने उद्देश्यसहित स्थापना गरिएको लाउन्जमा दक्ष तथा अनुभवी सौन्दर्य विशेषज्ञहरूबाट सेवा प्रदान गरिनेछ। साथै, अन्तर्राष्ट्रियस्तरका नामी ब्रान्डका सौन्दर्य सामग्री मात्र प्रयोग गरिने व्यवस्थापनको दाबी छ।

उद्घाटन समारोहपछि गायक निमा रुम्बा र रामकृष्ण ढकालले व्यक्तिगत हेयर तथा मेकअप अनुभवहरू साझा गर्दै इलोराले नेपाली बजारमा उच्चस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनीहरूले लाउन्जको सफलताको शुभकामना समेत व्यक्त गरेका थिए।

मोडल, चलचित्र ‘द विनर’का अभिनेता तथा उद्यमी मन्चिन शाक्य र शशी पराजुलीको संयुक्त सहकार्यमा सञ्चालनमा आएको इलोरा लाउन्जले सेवा गुणस्तर र ग्राहक सन्तुष्टिलाई आफ्नो प्रमुख प्राथमिकता बनाएको जनाएको छ।

लाउन्जका सञ्चालक मन्चिन शाक्यले सेवा र उत्पादनको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “हामी आधिकारिकता र गुणस्तरमा विश्वास गर्छौं। इलोरा लाउन्जमा प्रयोग हुने सबै उत्पादन र सेवाहरू विश्वसनीय तथा प्रमाणित हुनेछन्। ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो।