सिन्दुरे जात्रा’का अभिनेता विजय बराल घाइते, छायांकन ४० दिनका लागि स्थगित

सिन्दुरे जात्रा’का अभिनेता विजय बराल घाइते, छायांकन ४० दिनका लागि स्थगित
सिन्दुरे जात्रा’का अभिनेता विजय बराल घाइते, छायांकन ४० दिनका लागि स्थगित

काठमाडौँ । चलचित्र ‘सिन्दुरे जात्रा’का मुख्य अभिनेता विजय बराल छायांकनका क्रममा घाइते भएपछि फिल्मको सुटिङ अस्थायी रूपमा रोकिएको छ।

पर्वतको कुस्मामा भइरहेको छायांकनका क्रममा घोडा चढ्ने दृश्य दिँदा सन्तुलन गुमाएर लडेपछि बरालको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको निर्माण टिमले जनाएको छ। चिकित्सकीय परीक्षणमा नाडीको जोर्नीमा फ्याक्चर देखिएपछि उनलाई पोखरामा प्राथमिक उपचार गरी प्लास्टर गरिएको छ।

गत जेठ १ गतेदेखि कुस्मा नगरपालिकाको आर्थर डाँडाखर्क क्षेत्रमा छायांकन भइरहेको फिल्मले करिब १५ दिनको कार्यतालिका पूरा गरिसकेको थियो। तर मुख्य कलाकार नै घाइते भएपछि निर्माण टोलीले बाँकी छायांकन स्थगित गर्ने निर्णय गरेको हो।

फिल्मका निर्देशक सरोज पौडेल ले कलाकारको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै चिकित्सकको सल्लाहअनुसार बराललाई ३५ देखि ४० दिनसम्म पूर्ण आराम आवश्यक रहेको जानकारी दिए। उनका अनुसार चलचित्रको बाँकी छायांकन अब असार १५ गतेपछि मात्रै पुनः सुरु हुनेछ।

दुर्घटनापछि अभिनेता बरालले पनि कामकै क्रममा अप्रत्याशित घटना भएको उल्लेख गर्दै केही साताको आरामपछि पुनः छायांकनमा फर्किने बताएका छन्। उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण अन्य केही चलचित्रका छायांकन तालिकासमेत प्रभावित हुन सक्ने संकेत गरेका छन्। सारङ्गी फिल्म्स को प्रस्तुतिमा निर्माण भइरहेको ‘सिन्दुरे जात्रा’मा विजय बरालसँगै अञ्जना बराइलीविनोद न्यौपाने को मुख्य भूमिका रहेको छ।