चलचित्र ‘बहौरिया’ को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक
थारु संस्कृतिलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘बहौरिया’ को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गायिका सोनु कुश्मीको सुमधुर स्वर रहेको यस गीतमा चर्चित संगीतकार विकास चौधरीको शब्द र संगीत रहेको छ। सार्वजनिक गीतलाई तुलसी घिमिरे (समर्पण) ले कोरियोग्राफी गरेका हुन्।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू परशुराम चौधरी, रेणु चौधरी, पुनम चौधरी, वीर चौधरी र ममता चौधरीको अभिनय रहेको छ।
परशुराम चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रलाई सन्दीप मोटेले छायांकन र सम्पादन गरेका छन्। रिसन चौधरी, खुस्बु चौधरी र रक्षा चौधरीको निर्माणमा बनेको चलचित्रले थारु कला, संस्कृति र मौलिकतालाई पर्दामा उतार्ने प्रयास गरेको छ।

admin@cinekura.com 





