२४ घन्टा पनि नवित्दै ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ युट्युबबाट हट्यो

रिलिजको २४ घन्टा पनि नवित्दै ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ युट्युबबाट हटाइएको छ ।
गीतमा प्राविधिक समस्या देखिएपछि युट्युबबाट हटाइएको हो । अब गीत को नयाँ भर्सन मा पुन रिलिज हुने छ ।
युट्युबबाट गीत हटे पछी नायक अनमोल केसीले सामाजिक सञ्जालमार्फत दर्शकसँग माफी मागेका छन् । उनले लेखेका छन्, ‘सबैसँग माफी माग्छु । प्राविधिक समस्याका कारण हाम्रो नयाँ गीत हटाउनुपर्यो । तर, चिन्ता नगर्नुस्, हामी चाँडै नयाँ संस्करण लिएर आउनेछौं ।’
निर्देशक सुयोग गुरुङ को निर्देशनमा तयार भएको ‘जेरी अन टप’ यही असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो । ‘जेरी अन टप’ मा अनमोल केसी सहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी, उषा खड्गी लगायतको पनि अभिनय रहेको छ भने सुरक्षा पन्तले विशेष भूमिका निभाएकी छन् । सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो चलचित्र को निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् ।