फिल्म ‘किस्ने कहाँ छ ?’ बन्ने

फिल्म ‘किस्ने कहाँ छ ?’ बन्ने

गएको  जेठ यता नेपाली फिल्मको व्यापारमा शिथिलता आएको भए पनि नयाँ फिल्म निर्माणको घोषणाा उत्साहजनक रूपमा भइरहेको पाइको छ  । गत बैशाखदेखि  दुई दर्जन बढी फिल्मको औपचारिक रूपमा छायांकनको   घोषणा भइसकेको छ भने चलचित्र विकास बोर्डमा गएको तीन महिनामा मात्र ८० बढी फिल्मले निर्माण इजाजत लिइसके जनाएको छ । यसरी हेर्दा  निर्माता निर्देशकहरुको फिल्म निर्माणमा बढ्दो  आकर्षण देखिएको छ ।



गएको  शुक्रबार निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘किस्ने कहाँ छ ? फिलिमको निर्माण गर्ने  घोषणा गरिएको छ । निर्माण पक्षले गएको  शुक्रबार उत्त चलचित्रको  थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएको छ  । पोस्टरमा हिलो खेत खनिरहेका एक व्यक्ति र पहाडी भेगको चिप्लो बाटोमा गुडिरहेको बोलेरो गाडी सजिलै  देख्न सकिन्छ । उत्त  पोस्लेटरले  स्पष्ट संकेत गर्छ कि यसको कथा बस्तु  ग्रामीण परिवेशमा आधारित भएर फिल्म बन्नेछ भनेर  ।



 ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो फिल्मको कथा, पटकथा र संवाद लेखक विनय राज पौडेलले तयार गरेको छन् |  फिल्मको निर्मातामा हेमन्त बस्नेत संगै  कार्यकारी निर्माता इश्वर वल्लव उप्रेती रहने श्रोतले जानकारी गराएको छ । सामाजिक, कमेडी कथावस्तुमा बन्ने यस  फिल्मको  कलाकारहरूको टुंगो लाग्न बाँकी रहेको कलाकार छनोट भए संगै   फिल्मको छायांकन आगामी भदौपछि सुरू गरिने जनाइएको छ ।