देशभर २५ शहरमा ‘कोशेढुंगा’को होडिङ, भदौ १२ बाट नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शनको तयारि

देशभर २५ शहरमा ‘कोशेढुंगा’को होडिङ, भदौ १२ बाट नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शनको तयारि

देश भरका २५ शहरको बिभिन्न स्थानमा भदौ १२ गत्ते देखि प्रदर्शन हुने सिनेमाको होडिङ लगाइएको छ । प्रदर्शनको मिति नजिकिदै गर्दा निर्मार्ण टिम यति बेला आक्रामक प्रचार प्रसारमा जुटेका छन् । 

चलचित्र ‘कोशेढुङ्गा’ लाई   सरोज पौडेलले निर्देशन हुन । ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक पौडेलले निर्देशन गरेको भएकाले ‘कोशेढुंगा’ सिनेमा प्रतिक्षित बनेको छ।

नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको सिनेमा ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ।

प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेका सिनेमा ‘कोशेढुंगा’को कार्यकारी निर्माता दिनेश खड्का हुन्।

बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ। सिनेमाको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्।

नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ। ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ। यो सिनेमा डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ।

पहिलो पटक यति धेरै देशमा एकसाथ सिनेमा प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ।