विश्वव्यापी प्रदर्शन अभियानमा निस्कियो ‘मालती मंगले’, रामकृष्ण ढकाल अमेरिका प्रस्थान

विश्वव्यापी प्रदर्शन अभियानमा निस्कियो ‘मालती मंगले’, रामकृष्ण ढकाल अमेरिका प्रस्थान
विश्वव्यापी प्रदर्शन अभियानमा निस्कियो ‘मालती मंगले’, रामकृष्ण ढकाल अमेरिका प्रस्थान

काठमाडौं । नेपाली फिल्म ‘मालती मंगले’ को विश्वव्यापी प्रदर्शन अभियान सुरु भएको छ । फिल्मका निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकाल फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन तथा साङ्गीतिक कार्यक्रमका लागि अमेरिका प्रस्थान गरेका छन् ।

विदेशमा रहेका नेपाली दर्शकमाझ फिल्म पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको अभियानको पहिलो चरणमा अमेरिका, क्यानडा र अस्ट्रेलियामा विशेष प्रदर्शन गरिनेछ । प्रदर्शनसँगै ढकालले दर्शकहरूसँग साक्षात्कार गर्ने र आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

सार्वजनिक तालिकाअनुसार अमेरिकामा जुन ५ मा Boston र जुन ६ मा New Hampshire मा विशेष प्रदर्शन तथा साङ्गीतिक कार्यक्रम आयोजना गरिनेछ । त्यसपछि फिल्म North Carolina, ColoradoTexas मा पनि प्रदर्शन गरिनेछ । क्यानडामा जुनको तेस्रो साता Toronto मा फिल्म प्रदर्शन हुने तय भएको छ । यस्तै जुलाई ४ मा Sydney मा रेड कार्पेट प्रिमियर आयोजना गरिनेछ ।

निर्देशक प्रकु पाण्डेय को कथा तथा निर्देशन रहेको फिल्ममा विजय बराल, वर्षा राउतमेक्सम गौडेल मुख्य भूमिकामा छन् । फिल्ममा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायत कलाकारको पनि अभिनय रहेको छ ।

निर्माण पक्षका अनुसार अमेरिका र अस्ट्रेलियापछि युरोपका विभिन्न देशहरूमा पनि फिल्म प्रदर्शन गरिनेछ । युरोप भ्रमणमा कार्यकारी निर्माता सागर ज्ञवाली सहित अन्य कलाकारहरू पनि सहभागी हुनेछन् । निर्माण पक्षले ‘मालती मंगले’ को अन्तर्राष्ट्रिय अभियानले विदेशमा रहेका नेपाली दर्शकलाई फिल्म र संगीतमार्फत विशेष मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।