कजारिया बन्यो ‘मिस नेपाल २०२६’ को मुख्य प्रायोजक
काठमाडौं । कजारिया ले नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता द हिडन ट्रेजर मिस नेपाल २०२६ को मुख्य प्रायोजकका रूपमा सहकार्य गर्ने भएको छ । यससँगै कम्पनीले आफ्नो ब्रान्डलाई आधुनिक नेपाली जीवनशैली, आत्मविश्वास र भव्यतासँग जोड्ने रणनीति अघि बढाएको जनाएको छ ।
ललितपुरको पुल्चोकस्थित द प्लाजा मा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त साझेदारीको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा दुवै पक्षले यो सहकार्यले नेपाली युवामाझ सकारात्मक सन्देश प्रवाह गर्नुका साथै ब्रान्ड र उपभोक्ताबीच भावनात्मक सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरेका थिए ।
कम्पनीका अनुसार कजारिया अब केवल टायल र डिजाइन सोलुसन्समा सीमित नरही आकांक्षा, उत्कृष्टता र समकालीन जीवनशैलीको प्रतीक ब्रान्डका रूपमा स्थापित हुने लक्ष्यमा केन्द्रित छ । देशभरका उपभोक्तासँग गहिरो सम्बन्ध विस्तार गर्न ‘मिस नेपाल’ जस्तो लोकप्रिय मञ्च प्रभावकारी हुने कम्पनीको विश्वास छ ।
कम्पनीका प्रवक्ताले ‘मिस नेपाल २०२६’ सँगको सहकार्यलाई केवल प्रायोजन नभई प्रेरणा, सफलता र सम्भावनाको उत्सवसँग जोडिएको प्रतिबद्धता भएको बताएका छन् ।


Tulac








